सात्फरी साक्षर वडा घोषणा
2023/02/02, 6:59
 
सात्फरी साक्षर वडा घोषणा

डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका- ४ सात्फरीलाई साक्षर वडा घोषणा गरिएको छ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने मर्मका साथ सोमवार वडालाई एक कार्यक्रमको आयोजना गरी साक्षर घोषणा गरिएको हो । 

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही बमोजिम गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडालाई एक कार्यक्रमका बिच साक्षर घोषणा गरिएको वडा सदस्य रतन विकले बताउनुभयो । 

कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले गाउँपालिकालाई नै पूर्ण साक्षर गर्न थप सक्रियता र तत्परता दिने बताउनु भयो । ‘शिक्षा क्षेत्र सर्वाङ्गीण विकासको आधार हो, त्यसैले अब साक्षरसँगै यो वडाको समग्र विकासका लागि यो कार्यले टेवा पुर्‍याउने छ, उहाँले भन्नु भयो ‘यो वडालाई थप समुन्नत र समृद्ध बनाउन गाउँपालिका सधैँ तत्पर रहेन छ ।’ उहाँले शिक्षाका क्षेत्रमा अब पालिकाले नयाँ कार्य योजना र रणनीति तयार पारेर अघि बढ्ने बताउनु भयो । 

कार्यक्रममा वडाध्यक्ष दीप बहादुर बमले समाजको रूपान्तरण तथा सर्वपक्षीय विकासका लागि सम्पूर्ण वडावासी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । साक्षर वडा घोषणा भएको खुसी व्यक्त गर्दै बमले आगामी दिनमा वडालाई पूर्ण साक्षर बनाउन पनि सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लगायत स्थानीयको सहभागिता रहेको थियो । आइतबार वडा नम्बर १ सिमचौर, सोमबार वडा नम्बर २ केदारअखडा र मङ्गलवार वडा नम्बर ३ कानाचौरलाई साक्षर वडा घोषणा गरिएको थियो । वडा नम्बर ५ धिर्कामाण्डौँलाई पनि साक्षर वडा घोषणा गरिएको छ । 

सात्फरी साक्षर वडा घोषणासात्फरी साक्षर वडा घोषणासात्फरी साक्षर वडा घोषणासात्फरी साक्षर वडा घोषणासात्फरी साक्षर वडा घोषणा