पूजामा विवाद हुँदा डोटीका युवाहरुबिच झडप
2023/02/07, 12:56
 
ss

पूजामा विवाद हुँदा डोटीका युवाहरुबिच झडप भएको छ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बगलेकमा युवाहरु बिच आपसी विवाद भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

पूजामा भेला भएका युवाहरु बिच झडप हुँदा एक जना घाइते भएका छन्। सोमवार घरमा पूजा भइरहेको बेला आपसी विवाद हुँदा सोही ठाउँका शेरबहादुर ठकुल्ला घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ। उनीमाथि धारिलो हतियार प्रहार भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मी जोशीका अनुसार धारिलो हतियार प्रहार गर्ने भीम ठकुल्ला र खेम ठकुल्लालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको जोशीले बताए। उनका अनुसार ठकुल्ला परिवारका युवाहरु बिचमा पूजामा आपसमा विवाद भएको हो।