शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९वन्यजन्तु आरक्ष० सन् २००० मा चितवनबाट गैंडा स्थानान्तरण गरियो । ९० को दशकमा निकुञ्जको रानीताल क्षेत्रमा गैंडा देखिएपछि यहाँ सम्भाव्यता अध्ययन गरेर स्थानान्तरण गरिएको थियो । यहाँको रैथाने र स्थानान्तरण गरिएका गैंडाबाट वृद्धि भएर १० पुग्यो । त्यसपछि सन् २०१७ मा पुनः ४ पोथी र १ भालेसहित ५ गैंडा स्थानान्तरण गरियो । २०२१ मा गरिएको राष्ट्रिय गणनाअनुसार यहाँ गैंडाको संख्या १७ पुगेको छ ।
बिज्ञापन
संरक्षणकर्मीहरूले यसलाई गैंडा स्थानान्तरण सफल भएको मानेका छन् । तर ठूलो मात्रामा गैंडा वृद्धिका लागि ठूलै संख्यामा स्थानान्तरण आवश्यक भएको उनीहरू बताउँछन् । ‘अहिलेको संख्या हेर्दा गैंडाको वृद्धिदर राम्रो छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने, ‘रानीतालमा एक रैथाने गैंडा देखेपछि विभागले सम्भाव्यता अध्ययन गरेर गैंडा स्थानान्तरण गरेको हो ।’ ढकाल सन् २०१७ मा गैंडा स्थानान्तरणका बेला शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत थिए । हाल उनी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव छन् ।
२०१७ मै शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । बर्दियामा २ भालेसहित ५ र चितवनमा १ भालेसहित ७ बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । चितवनमा स्थानान्तरण गरिएकामध्ये केही पुर्याउनेबित्तिकै मरे भने केही बाढीले बगाएर लग्यो । अहिले एक बाह्रसिंगा मात्रै रहेको छ । शुक्लाफाँटाबाट लगिएका बाह्रसिंगालाई चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा छाडिएको थियो । ‘गत वर्षसम्म एक बाह्रसिंगा देखिएको थियो, यो वर्ष अनुगमन गरिएको छैन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको चितवन राष्ट्रिय निकुञ्ज संरक्षण कार्यक्रमका प्रमुख बाबुराम लामिछानेले भने, ‘केही यहाँ पुर्याउनेबित्तिकै मरे, केही बाढीले बगाए ।’
शुक्लाफाँटाबाट चितवनसम्म पुर्याउँदा लामो दूरीमा ढुवानी गर्दा र सानो मात्रामा भएका कारण स्थानान्तरण सफल हुन नसकेको लामिछाने बताउछन् । तर छाडिँदा यसलाई नै स्थानान्तरण नै असफल भन्न नसकिने उनले बताए । ‘शुक्लाफाँटामा २ हजार बढी बाह्रसिंगा छन्, त्यसमध्ये सयरदुई सय स्थानान्तरण गर्दा केही फरक पर्दैनथ्यो,’ उनले भने, ‘दुईरचारको संख्यामा स्थानान्तरण गरेर मात्रै सफल असफल भन्न सकिँदैन ।’ गत वर्ष गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या २३ सय बढी छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको बघौरा फाँटामा छाडिएका बाह्रसिंगाको संख्या अहिले यकिन छैन । निकुञ्जमा ४ वर्षअघिको गणनाअनुसार ८१ छ । तर, निकुञ्जमा पहिलेदेखि नै बाह्रसिंगा भएका कारण स्थानान्तरण गरिएको बाह्रसिंगाको संख्या यकिन गर्न नसकिने राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण कार्यक्रम प्रमुख डा। रविन कडरियाले बताए । उनले विगतमा बाह्रसिंगा भएको प्राकृतिका बासस्थानमै छाडिएकाले शुक्लाफाँटाबाट स्थानान्तरण गरिएको बाह्रसिंगाको छुट्टै गणना गर्न नसकिने बताए । ‘सानो संख्यामा स्थानान्तरण गरेर धेरै वृद्धि गर्न सकिँदैन, यसले अनुवांशिक विविधतामा फाइदा पुर्याउँछ,’ कडरियाले भने, ‘यहाँ पनि सानो संख्यामा भएकाले बाह्रसिंगाको वृद्धि हुन सकेको थिएन, शुक्लाफाँटाबाट स्थानान्तरण पनि ठूलो फरक परेको छैन ।’ उनले सानो संख्यामा हाडनाता आदिका कारण संख्या वृद्धिमा समस्या हुने बताए । सन् २०१२ देखि ०१५ सम्म विभिन्न मितिमा बर्दियाको खैरापुर र नेपालगन्जको मिनि चिडियाखानाबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको कृष्णसारको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । निकुञ्जको हिरापुर फाँटामा ५९ वर्गकिलोमिटर संरक्षित गरिएको कृष्णसारको संख्या २ सय नाघेको छ । २०१२ देखि ०१५ सम्म शुक्लामा ४२ कृष्णसार स्थानान्तरण गरिएको थियो ।
अहिले घेराबार गरिएको क्षेत्रमा राखेकाले संख्या वृद्धि भए पनि निकुञ्जमा खुला छाड्दा उक्त संख्या कायम रहनेमा भने आशंका छ । संरक्षण गरिएको क्षेत्रमा संख्या बढ्दै गएपछि व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । ‘घेराबारबाट बाहिर छाडेर मात्रै स्थानान्तरण सफल वा असफल भन्न सकिन्छ,’ लामिछानेले भने, ‘ठूलो संख्यामा स्थानान्तरण गरेर निकुञ्जभित्र खुला छाडेपछि मात्रै यसको आकलन गर्न सकिन्छ ।’ बाह्रसिंगा स्थानान्तरणको हकमा समात्ने विधिदेखि लामो दूरीमा ढुवानीको समस्या आदिका कारण अहिले असफल देखिएको तत्कालीन प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् । त्यतिबेला बाह्रसिंगालाई लखेटेर डाट्स गरेर समातिएको थियो । लखेटेपछि बाह्रसिंगा थाकेको र त्यसपछि लगत्तै लामो दूरीसम्म ढुवानीका कारण तत्काल मृत्यु भएको हुन सक्ने उनले बताए । ‘समात्ने विधि र ढुवानीको विधिबारे सोच्नुपर्छ,’ उनले भने, ‘कहीं पनि संख्या बढाउन ठूलो मात्रामा स्थानान्तरण गर्नुपर्छ ।’