डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
2023/02/18, 7:04
 
Doti

डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना हुँदा चालक केआइसिंह–१ महादेवका ३६ बर्षीय गोबिन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ बर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको हो भने अन्य ६ जना घाइते छन् ।

केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको छ । उनीहरु दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

समान्य घाईते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र र मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् । दुर्घटनाको कारण भने खुलेको छैन ।