
बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ जर्गका ४३ बर्षीय धनी चन्दको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घरबाट देहीमाण्डौं आएका चन्द साँझ घर नफर्केपछि शनिबार बिहान खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं ४ को भिटेजर्गस्थित सलहाल्ने स्थानबाट उनी लडेर ५ सय मिटर तल खसेका बताइएको छ । मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्ष जोशीले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44