
यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा देव खनालले नेपालको कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

यस अघि क्यानले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी गुलशन झालाई दिएको थियो । तर, गुलशन विश्व क्रिकेट लिग टू अन्तर्गत युएईमा हुने सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तानी दिईएको हो ।
यू-१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् । यस प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।नेपालको पहिलो खेल फागुन १२ मा सिंगापुरविरुद्ध रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02