धर्म-पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा
2023/02/22, 5:12
 
धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा 

धनगढी - कैलालीको धनगढीमा बुधवारबाट सुरु हुने धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ तयारी पुरा भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा १३ गतेसम्म प्रतियोगिता सञ्चालने हुने छ । प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन इभेन्टमा सञ्चालन गरिने छन् ।

खुल्ला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ । ४५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक मेम्बर सिंहले बताए ।

प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुने छ । प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ ।

सटर कटमा योनेक्स सनराईज प्रायोजक रहेको छ ।