धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै, आयोजक र खेलकुद परिषद् बिच सहमति पत्रमा हस्ताक्षर
2023/02/23, 2:42
 
tryyyyyyyyyyyyu

 धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवले प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको मिति अझै निर्धारित नभए पनि प्रतियोगिता हुने बारे पत्रकारहरूलाई जानकारी दिएका छन् । उनले प्रतियोगितामा २ विदेशी टिम सहित १० टिमको सहभागिता हुने बारे पनि जानकारी दिए । यसबिच आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र प्रदेश खेलकुद परिषदबीच छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपबारे समझदारीको हस्ताक्षर भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले प्रतियोगिता आयोजना गर्ने बारे आवेदन खुल्ला गरिएको र आवेदनका आधारमा सुदूरपश्चिम- ११ स्पोर्स क्लबसँग सहकार्य हुन लागेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबे खेलहरूको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता दिएको सिंहको भनाइ थियो।