दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी
2023/03/05, 5:53
 
दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

दार्चुला - दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ। दार्चुलाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो भान्सा कोठामा ग्यास लिक भएर आगलागी भएको हो। आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने खुलेको छैन्। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ। प्रहरीले आगलागको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।