
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

मंगलबार एक कार्यक्रमका बीच उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो । वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोर थिए ।
पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा पुर्याएका अल्मुताइरी उनीहरूलाई उछिन्दै वर्षको उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन् । त्यस्तै उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02