कैलालीमा ट्रकले ठक्कर दिदा एक जनाको ज्यानको ज्यान गयो
2020/05/12, 6:06
 
accident

कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन । पूर्वपश्चिम राजमार्गको बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट एक जना मोटरसाईकल चालकको ज्यान गएको हो भने एक जना घाईते भएका हुन् ।

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाउँपालिका वडा नम्बर ६ का २१ वर्षिय शेरबहादुर डगौंराको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकल चालक स्थानीय ३५ वर्षिय पर्शुराम डगौंरा भने घाईते भएका छन् । घाईते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।


पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प.प्र. ०१–००८ प ४४७४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गईरहेको से १ क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । ठक्कर दिने ट्रक र ४१ बर्षीय चालक मानबहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनीयाको टोलीले नियन्त्रणमा लिएको छ ।