ॐ श्रीनगर डेन्टल क्लिनिक प्रथम फुटसल प्रतियोगिता सुरु
2023/03/17, 7:41
 
fut

ॐ श्रीनगर डेन्टल क्लिनिक प्रथम फुटसल प्रतियोगिता सुरु भएको छ । धनगढीको पार्कमोडमा रहेको ॐ श्रीनगर डेन्टल क्लिनिकको आयोजनामा धनगढीमा प्रथम फुटसल प्रतियोगिता सुरु भएको हो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । 

 

१२ टीमको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् । शनिबार विहान क्वाटरफाईनल, दिउँसो सेमिफाईनल र साँझ फाईनल खेल हुने आयोजक ॐ श्रीनगर डेन्टल क्लिनिकका सञ्चालक प्रेम शर्माले जानकारी दिए । फुटसल प्रतियोगिताको विजेताले नगद १५ हजार तथा उपविजेताले नगद साढे ७ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

मानव स्वास्थ्यका लागि अपरिहार्य रहेको शारिरीक कसरतलाई प्रोत्सहान गर्न तथा दन्त स्वास्थ्यको बारेमा जनचेतना दिनका लागि प्रतियोगिता गरिएको सञ्चालक शर्माले बताए ।