हाटबजारमा तरकारी बेच्न किसान परिचयपत्र अनिवार्य बनाउँदै धनगढी उपमहानगर
2023/04/02, 6:28
 
ss

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी बिक्री गर्न किसान परिचयपत्र आवश्यक पर्ने भएको हो। आर्थिक वर्ष २०७०र७१ देखि १० वर्षका लागि सिर्जनशिल समाजको सिर्जना ९सीसीएस० नामक संस्थाले हाटबजार सञ्चालन गर्दै आएको छ।

त्रिनगर हाटबजारमा ठुला व्यापारीहरुले रजाइँ गर्न थालेपछि नयाँ नियम बनाउन लागिएको धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायदे बताए। उनले भने, ‘हाटबजारमा कृषकले आफ्नो उत्पादन बेच्ने हो। कृषक कोहो भनेर पत्ता लगाउन वडाबाट कृषकको नामावली मागेका छौँ। हाटबजारमा आफ्नो उत्पादन बेच्नेको नाम आउछ। हामी उहाँहरुलाई परिचयपत्र दिन्छौ।’

धनगढीको त्रिनगर माध्यामिक विद्यालयको जमिनमा सञ्चालनमा रहेको हाटबजारको आम्दानीको ७० प्रतिशत विद्यालयले पाउने सम्झौता छ। ९सीसीएस० नामक संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा तरकारी, फलफूल तथा कृषि उत्पादन बिक्रीका लागि कुनै नियम थिएन। धनगढी उपमहानगरपालिकाले भारतीय तथा ठुला व्यापारीहरुले रजाइँ गर्दै आएका भन्दै नयाँ नियम लागु गर्ने भएको हो।

जसअनुसार त्रिनगर हाटबजारमा कृषि उपज बिक्रीका लागि किसान परिचयपत्र अनिवार्य गर्न थालिएको हो। हाटबजारमा हाल एक हजार बढीले व्यापार गर्न अनुमती पाएका छन्। धनगढी उपमहानगरवपालिका क्षेत्रका किसानलाइ हाटबजारमा कृषि उपज बिक्रीका लागि पहिलो प्राथमिकता दिइनेछ। भारतबाट आयात हुने तरकारीलाई विस्थापन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उपमहानगरको नीति छ। उपमहानगरपालिकाले शुक्रवार एक सूचना सार्वजनिक गरेको छ। उपाध्यायले भने, ‘शुल्क तलमाथि हुँदैन। धनगढीको उत्पादनलाई पहिलो प्राथामिक्ता हो। बाहिरबाट ल्याउनु परेमा छलफल गर्छौ।’ त्रिनगर कृषि हाटबजारको ठेक्का सम्झौतामा धनगढी उपमहानगरपालिका, सीसीएस र विद्यालयको सहभागिता रहेको छ।

उपमहानगरपालिकाले निर्धारण गरेको रकमको ७० प्रतिशत विद्यालयले पाउने भनिएको छ भने २५ प्रतिशत उपमहानगरपालिकाले पाउने भनिएको छ। बाँकी ५ प्रतिशत कृषक समूहलाई दिने सम्झौतामा उल्लेख छ। किसानले हाटबजारमा कृषि उपज बिक्री गरेबाफतको रकम तिर्दै आएका छन्। हाटबजारमा कृषि उपजसँगै लत्ताकपडा प्लाष्टिकका सामग्रीसहितका सामान बिक्री हुँदै आएका थिए। तर, अहिले भने प्लाष्टिक र लत्ताकपडा बिक्री गर्न रोक लगाइएको छ। उनले भने, ‘गैर कृषक बढी भए। किसानले व्यापार गर्न पाएनन्। ठुला व्यापारीहरु मात्र भए, किसानका लागि यस्तो गरिएको हो।’ त्रिनगर कृषि उपज हाटबजारमा एक हजार भन्दा बढीले व्यापार गर्न सक्ने क्षमता छ। बजारभित्र एक सय ४० वटा स्टल र १० वटा सटर छन्।