कञ्चनपुरका १७ वर्षीय एक विद्यार्थीले बनाए ‘बग्गी’ कार
2023/04/03, 1:22
 
ss

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका दिनेश विष्टले मोटरसाइकलबाट कार बनाएका हुन्। कैलालीको गेटास्थित सरस्वती मावि कक्षा ९ मा अध्यनरत विष्टले मोटरसाइकलको ईन्जिनबाट कारको मोडेल बनाएका छन्। मोटरसाइकलको इन्जिनिबाट बग्गी बनाएको उनले बताए। यस्तो कार निर्माण गर्न ९० हजार खर्च भएको उनले बताए।

कारमा चालकसहित ६ जना सिट क्षमता रहेको निर्माता विष्टले बताए। ‘मैले आफ्नै लगानीमा मोटरसाइकलबाट बग्गी कार त निर्माण गरे तर इलेक्ट्रोनिक बाइक निर्माणका लागि मोडेल बनाएको छु तर सामान किन्न पैसा नभएका कारण बाँकी काम गर्न सकेको छैन्।’ कार, मोटरसाइकल र इलेक्ट्रोनिक स्कुटी लगायत निर्माण गर्न सक्ने सीप र क्षमता भए पनि त्यसका लागि आवश्यक बजेट नहुँदा सोचेअनुसार काम गर्न सकिरहेको छैन, उनले भने।