रोयल्टी अनियमितताको छानबिन गर्न नगर प्रमुखलाई एक हप्ताको अल्टिमेटम 
2023/04/07, 11:39
 
ss

कञ्चनपुरमा रहेको महाकाली नदिबाट उठ्ने रोयल्टीमा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन्। उक्त नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको स्थानीयको शंका छ।

महाकाली नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको भन्दै विहीबार छानबिनको माग गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर–११ का स्थानीयले भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन।

उनीहरुले नदीबाट उठाउने रोयल्टीमा अनियमितता भएको भन्दै छानबिनको माग समेत गरेका हुन्। उनीहरूले अनियमितता गर्नेमा नगरपालिकाकै कर्मचारीको मिलेमतो रहेको आरोप रहेको छ। तत्काल छानबिन गर्नुपर्नै स्थानीयले माग गरेका छन्।

भीमदत्त नगरपालिकाका उपप्रमुख जोशीलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्रमा सम्बोधन गर्न अल्टिमेटम दिएको स्थानीय सुभाष सिंह धामीले बताए।