
प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । सुपप्र ०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27