सुदूरपश्चिममा थप २४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७७५ पुग्यो 
2020/07/01, 5:40
 
korona

सुदूरपश्चिममा थप दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका चार महिला र १४ पुरुष गरी १८ जना, बाजुराका दुई महिला र पाँच पुरुष गरी सात जना, कैलालीका चार महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

उनका अनुसार वीर अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा डोटीका सात महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका दुई महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जनामा कोरोना पुष्टि भएको छ । 

यता धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्पर ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण भएको थियो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार सात सय ७५ पुगेको छ । पुष्टि भएका सात जनाको मृत्यु भईसकेको छ भने चार सय ७९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन ।