कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ
2023/04/14, 2:04
 
crct

कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।  बिहीबार १२:०० बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय दोधाराबाट खटी गएको प्रहरी गस्ती टोलीले दोधारा चाँदनी नगरपालीका १० कुतियाकभर स्थित सडक खण्डमा पैदल हिडिरहेको अवस्थामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन्।

विहिबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। भारतको पिलिभित नौजलिया नम्बर २ बस्ने हिरालाई शंका लागी चेकजाच गर्ने क्रममा उक्त लागुऔषध खैरो हिरोईन भेटिएको हो। लागुऔषधसहित उनलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।