कञ्चनपुरको भीमदत्तका नीजि विद्यालयले शुल्क वृद्धि र पुस्तक फेर्न नपाउने
2023/04/20, 12:06
 
ss

कञ्चनपुरको भीमदत्तका नीजि विद्यालयले शुल्क वृद्धि र पुस्तक फेर्न नपाउने भएका छन्। चालु शैक्षिक सत्र २०८० मा पाठ्यपुस्तक परिवर्तन गर्न र शुल्क बढाउन नपाइने भीमदत्त नगरपालिकाले निर्णय गरेको हो।

निजी विद्यालयहरुले वर्षैपिच्छे पोशाक परिवर्तन गर्ने, त्यो पोशाक एउटै पसलबाट खरिद गर्न लगाउने, नयाँ पब्लिकेसन्स हाउससँग सेटिङ गरी पाठ्यपुस्तक परिवर्तन गर्ने लगायतका गतिविधि गर्दै आएकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। अभिभावकहरुको ढाड सेक्ने गरी हुने यस्ता गतिविधिमा स्थानीय सरकारले लगाम लगाउनुपर्ने अभिभावकको भनाई छ।

शुल्क बृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत भएमा मात्र कायम गर्न नगरभित्रका संस्थागत विद्यालयहरुलाई पालिकाले निर्देशन दिएको जनाएको छ।