कैलालीको घोडाघोडीमा आगलागी हुँदा साढे २ लाखको क्षति
2023/04/20, 12:11
 
ss

कैलालीको घोडाघोडी नगरपालिकामा २ तले घरमा आगलागी भएको छ । कैलाली घोडाघोडी नगरपालिका ०२ साडेपानी बस्ने कृष्ण बिस्टको काठले बनेको २ तले ४ कोठे टायलले छाएको कच्चीमा आगलागी भएको हो ।

घर नजिकै खेतमा गहुँको काटेको नलमा लगाएको आगोबाट हावाको कारणले एक्कासि घरमा सल्किन गई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लुगा, भाँडाकुँडा, काठ पात, सुनको तिलहरी गरी जम्मा अन्दाजी २ लाख ५० पचास हजार बराबरको क्षति भएको उनले बताए ।अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।