कञ्चनपुरमा महिलालाई मारेको बाघ नियन्त्रणमा
आक्रमणमा परेकी गंगादेवीको शव पनि बाघ नियन्त्रणमा लिएको स्थानमै फेला
2023/04/22, 12:08

धनगढी - कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँ बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले खप्टीनाला नजिकै झाडीमा बसेको अवस्थामा बाघलाई नियन्त्रणमा लिएको बताए । बेहोस बनाएर नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी छ ।
आक्रमणमा परेकी गंगादेवी चन्दको शव पनि बाघ नियन्त्रणमा लिएको स्थानमै फेला परेको छ । उनको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27