
धनगढी - पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्।

उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ। पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको बताए। पूर्वराजासँगै पूर्वरानी पनि भ्रमणमा सहभागी हुनेछिन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27