
बाजुराको बडीमालिका–८ र ९ का बस्ती बाढीपहिरोको जोखिममा परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–८ र ९ को राप्का बाउली बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा परेका हुन्। खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्।

स्थानीयका अनुसार प्रत्येक वर्ष बर्खाको समय बाउली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको छ। स्थानीय तहले बस्ती स्थानान्तरणका लागि तथ्याङ्क सङ्कलन गरेर जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइसके पनि कुनै सुनुवाइ नै नभएको बडीमालिका नगरपालिकाका स्थानीय वीरबहादुर थापाले बताए।
बडीमालिका नगरपालिकाका दर्जनौँ बस्ती बाढीपहिरोको जोखिममा छन्। यस्ता बस्ती स्थानान्तरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिमा छलफल भइरहेको बडीमालिका नगरपालिकाले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2021/05/05, 9:33
2021/11/27, 9:26
2023/02/27, 12:53