
कञ्चनपुरमा बुधबार एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिकामा ९ र गड्डाचौकी नाकामा ३ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुधबार १६५ जनाको परीक्षण गरिएको थियो । बेलौरीमा १६ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो भने गड्डाचौकीमा १४९ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो ।
कञ्चनपुरमा केही दिनयता संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27