देशका ७ प्रदेशमध्ये सुदूरपश्चिम सवैभन्दा वढी संक्रमितको तेस्रो स्थानमा
2020/07/02, 11:22
 
korona

देशका ७ प्रदेशमध्ये सुदूरपश्चिम सवैभन्दा वढी संक्रमितको तेस्रो स्थानमा रहेको छ ।  नेपालमा २ र ५ नम्वर प्रदेशपछि सबैभन्दा बढी संक्रमित सुदूरपश्चिम प्रदेशमा रहेका छन । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेश संक्रमितको तेस्रो स्थानमा रहेको छ । सुदुरपश्चिमभन्दा अगाडी प्रदेश नम्बर २ र ५ नम्वर प्रदेश अगाडी रहेका छन् । 

बुधवार साँझसम्म नेपालमा १४ हजार ४६ जनामा कोरोना पुष्टि भएकोमा सबैभन्दा बढी प्रदेश नम्वर २ मा तीन हजार ८ सय ५६ जना र ५ नम्वर प्रदेशमा तीन हजार ८ सय ४३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय ७५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

कर्णाली प्रदेशमा एक हजार पाँच सय ८, गण्डकी प्रदेशमा एक हजार ५८, एक नम्वर प्रदेशमा ६ सय २३ र बाग्मती प्रदेशमा चार सय ५८ जनामा कोरोना पुष्टि भएको उनले बताए । नेपालमा ३० जना कोरोना संक्रमितको मृत्यु भएकोमा सुदूरपश्चिम प्रदेशमा भने सात जनाको मृत्यु भएको छ ।