भजहर कप फुटबल प्रतियोगिताः सुविच्छा कटेज र बेली युवा क्लब फाईनलमा 
2023/05/04, 7:51
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा भईरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा सुविच्छा कटेज र बेली युवा क्लब फाईनलमा प्रवेश गरेका छन् । थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण अन्तर्गत सेमिफाईनलमा जित हात पार्दै सुविच्छा केटज र बेली युवा क्लब फाईनलमा प्रवेश गरेका हुन् । 

पहिलो सेमिफाईनल  खेलमा सुविच्छा कटेज सेठकलियाले आयोजक श्री जनहित युवा क्लबलाई २–१ ले किनारा लगायो । खेलमा सुविच्छाका एवन चौधरी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पुरस्कार पाए । दोस्रो सेमिफाईनल खेलमा बेली युवा क्लबले विहारी युवा क्लब बिजुलियालाई १–० ले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच बेलीका प्रवेश चौधरी भए । उनले नगद एक हजार पुरस्कार पाए ।

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिता  बैशाख २३ सुविच्छा कटेज र बेली युवा क्लब प्रतिस्पर्धा गर्नेछन । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।