स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधिका लागि स्टार सिटी र वडा नम्बर १३ भिड्ने
2023/05/06, 1:35

धनगढी - स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ स्टार सिटी र वडा नम्बर १३ भिड्ने भएका छन्। शनिवार (आज) बेलुका ६ ४५ बजे हुने फाइनल खेलमा दुवै टोली भिड्ने भएका हुन।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ को (बि) टिमलाई ३ गोलको अन्तरले पराजित गर्दै वडा नम्बर ५ स्टार सिटी फाइनल प्रवेश गरेको हो।यस्तै दोस्रो सेमिफाइनल खेल वडा नम्बर १ नैनादेबिलाई ३ गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १३ फाइनल प्रवेश गरेको हो।
टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एन्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजन गरेको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार र दोस्रो हुने टिमले २५ हजार पुरुस्कार पाउने छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02