स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधि स्टार सिटीलाई
2023/05/06, 11:55
 
ss

स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ५ स्टार सिटीले जितेको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर १३ लाई ६–० ले पराजित गर्दै वडा नम्वर ५ स्टार सिटी च्याम्पीयन भएको हो ।

यस संस्करणको विजेता भएसँगै वडा नम्वर ५ स्टार सिटीले टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । टेकबहादुर चोखाल प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै वडा नम्वर ५ स्टार सिटीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने बडा नम्वर १३ ले २५ हजार ट्रफी, मेडल, प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्वर ५ स्टार सिटीका कमल देउवा, उदयमान खेलाडी स्टार सिटीकै रोहित बोहरा र उत्कृष्ट गोलरक्षक वडा नम्वर १३ का शैलेश बोहरा भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले  पुरस्कार वितरण गरे । टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटल चटकपुरले मुख्य प्रायोजन गरेको थियो ।