सुदूरपश्चिममा एकै दिन थप ३४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या तीन हजार नाघ्यो 
2020/07/02, 4:34
 
korona

सुदुरपश्चिममा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा अहिलेसम्मकै एकैदिन सवैभन्दा वढी ३४६ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौं स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३२० जना र धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।  योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या तीन हजार नाघेको छ । हालसम्म तीन हजार एक सय २१ जना कोरोना संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। 

यस्तै धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म तीन हजार बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ। चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।