कैलालीमा मिटरब्याजी विरुद्ध २४४ पीडितको उजुरी दर्ता
2023/05/29, 8:31
 
ss

जिल्ला प्रशासन कार्यालय कैलालीमा २४४ जना मिटरब्याजी पिडितहरुले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि कैलाली प्रशासनमा मिटरब्याजी ९अनुचित लेनदेन०विरुद्ध दुई सय ४४ उजुरी परेका हुन्।

मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए वमोजिम मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरिएको थियो । उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइएको छ।

मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्। सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो। गैरकानूनी मानिएको मिटर ब्याजका कारण कैलालीमा धेरै घरवार विहीन अवस्थामा पुगेका छन्। छोटो समयमा धेरै कमाउने र राम्रो फाइदा लिने लोभका कारण मिटर ब्याजमा लागेकाहरु अहिले लगानी अशुल गर्न नसकेर घरवार विहीन अवस्थामा पुगेका छन्।