डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर
2023/05/31, 4:56

काठमाडौँ - ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विगत लामो समय देखि क्रिकेटका क्षेत्रमा योगदान गर्दै आएको डीएभी सुशील केडियाले फरक उमेर समूहका तीन जना उदीयमान क्रिकेटरलाई छात्रवृत्तिका लागि सूचना जारी गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै स्कुलले १० देखि १२, १२ देखि १४ र १५ देखि १७ वर्ष उमेर समूहका तीन जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । क्रिकेट एकेडेमी वा क्रिकेट सङ्घबाट सिफारिस भएका उदीयमान खेलाडीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने स्कुलले जनाएको छ ।
सकारात्मक नतिजा तर्फ उन्मुख नेपाली क्रिकेटका क्षेत्रमा नयाँ प्रतिभाको उजागरका लागि उक्त छात्रवृत्ति घोषण गरिएको स्कुलले जनाएको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09