सुदूरपश्चिम सरकारले गोदावरी धनगढी मनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्ने
2023/06/07, 6:41
 
dd

 सुदूरपश्चिम प्रदेश सरकारले रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने भएको छ।

प्रदेश सरकारले गोदावरी धनगढी  मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो। प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनो रेल सेवा सञ्चाल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा मनो रेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको हो।