नेकपाको आन्तरिक कलह र दम्भले संसद अधिवेशन रोकिनु दुखद:नेता महर
2020/07/03, 7:48
 
mahar

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्रको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन् । उनले पार्टीको आन्तरिक कलहबाट बच्न र जनताका समस्या सुन्नबाट भाग्न सार्वभौम संसदमा चलिरहेको महत्त्वपूर्ण संसद अधिवेशन सरकारले अन्त्य गरिदिएको आरोप लगाए ।

रोग र भोगको कहरले पिरोलिएका जनताका आवाज बुलन्द गर्ने संसदको वजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई नेकपाको एउटा विभागको जस्तो ब्यबहार गरिनु गैह्रजिम्मेबारीको परकाष्टा भएको नेता महरले बताएका छन।

‘नेकपाको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भागेको छ’, नेता महरले भने, ‘रोग र भोगको कहरले पिरोलिएका जनताका आवाज बुलन्द गर्ने संसदको वजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई नेकपाको एउटा विभागको जस्तो ब्यबहार गरिनु गैह्रजिम्मेबारीको परकाष्टा हो ।’

सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेको छ । सरकारको यो कदमप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।