विदेश गएकाले उमेर छदा उतै कमाए पनि तर, उमेर ढल्कीएपछि नेपालमा बसेर परिवारसंग रमाउला भन्ने सोच हुन्छ । । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका कृष्णानन्द बडुु २०७९ फागुुन १ गते घर आउने तयारीमा थिए । ४ वर्ष पहिले विदेश गएका उनले अव भने घरमा फर्किने सोच बनाएका थिए । बुढासंग बसेर धेरै समय रमाउन नपाएकी द्रोपतिलाई यस पटक भने लामो समय नै उनीसँग बस्ने अपेक्षा थियो । तर, नियतीले उनलाई सकुसल यहाँ फर्कीन दिएन ।
उनको मृत्युको सात महिना विती सकेको भएपनि उनकी श्रीमती द्रोपती बडुुले यस घट्नालाई सहन र पत्याउन सकेकी छैनन् । करिव २२ दिन पछि कृष्णानन्दको शव नेपाल पुुगेको थियो । तर, द्रोपतीले खबर पाएको दिनदेखि अहिले सम्म आफूलाई सम्हाल्न सकेकी छैनन् । द्रोपतीलाई अहिले ३९ वर्ष भयो उनका श्रीमान पनि ४५ वर्षका मात्रै थिए । ‘यति सानैमा मैले धेरै दुुख पाए अव के गरौँ, मैले न्याय पाउन सकेकी छैन’ उनले भनिन् । उनका एक छोरा १८ वर्षका भए । उनले कक्षा १० को परिक्षा दिएर बसेका छन् ।
छोरी कक्षा ५ मा पढ्छिन उनी जम्मा ११ वर्षकी भइन् । दार्चुलाबाट छोराछोरी धनगढी पढाउने भनेर उनका श्रीमानले उनलाई धनगढी ५ वर्ष पहिले बोलाएका थिए । उनलाई अहिले तिनै छोराछोरीलाई कसरी पढाउला अव भन्ने चिन्ताले सताएको छ । खानालाई कसैले सहयोग गरिरहेको भएपनि तर, पढाईका लागि के गर्ने भन्ने चिन्ता उनको मनमा छ । अव आफ्ना श्रीमानको मृत्युको कारण पत्ता लगाई आफूलाई राहत दिनुुपर्ने उनको माग छ । ‘मेरा जस्तो दुुख कसैलाई नपरोस’ उनी भन्छन् । अहिले पनि उनी बेला बेलामा रुने र मुर्छा पर्ने गर्छिन् । उनले कसैबाट अहिले सम्म सहयोग पाउन नसकेको हुँदा अव न्याय र सहयोेगको अपेक्षा गरेकी छन् ।
द्रोपतिका १८ बर्षीय छोरा प्रेमराज बडुको दैनिकी झोला भिर्दै सुरक्षा निकाय तथा सञ्चारमाध्यम धाउदै बित्ने गरेको छ । पिठ्युुमा झोला भिरेका बडुले पत्रबाट नै न्याय पाउछु होला भन्दै विभिन्न कार्यालय र सञ्चारमाध्यम धाइरहेका हुन् । तर, उनले अहिलेसम्म कतैबाट न्याय नपाएपनि आस्वासन पाइरहेका हुन ।
बडुका बाबु कृष्णानन्दको दुबईमा २०७९ साल कात्तिक ६ गते मृत्यु भयो । बुवाको मृत्युको कारण भने अहिलेसम्म थाहा पाउन नसकिरहेको उनी बताउँछन् । उनले बुबाको मृत्यु भएको सात महिना बितिसक्दा समेत कारण थाहा नहुने सकेको बताए । ‘मेरो बुवाको मृत्यु भएको अहिले सात महिना भइसक्यो । विदेशमा बाबाको के कारणले मृत्यु भयो र कसरी मृत्यु भयो भन्ने कुरा हामीलाई अहिले सम्म पनि थाहा छैन । मेरो बुवाको मृत्यु नभएर हत्या भएको हो भन्ने भन्ने संका हामीलाई लागेको छ’ उनले भने ।
बुवा बितेको सात महिना बितिसक्दा पनि सरकारबाट आफूहरुले कुनै किसिमको सहयोग नपाएको प्रेमराजले बताए । न्यायका लागि सुदूरपश्चिम मुख्यमन्त्री कार्यलय, भौतिक पुर्वाधार बिकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयहरुमा धाउनुका साथै विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत प्रत्यक्ष भेटर उनले न्यायका लागि आग्रह गरेकोको उनी सुनाउँछन् । ‘सबैलाई भेटे तर, आश्वासनमात्र पाएको छु । न्याय पाएन ।’
धनगढीको हसनपुरमा बिगत चार बर्षदेखि भाडामा बस्दै आएका प्रेमराजको परिवारलाई अहिले दैनिक एक छाक टार्न पनि समस्या भएको उनी सुनाउँछन् । ‘नेपाली दूतावासले पहल नचालिदिँदा बुवाले काम गर्ने कम्पनी मार्फत पाउनु पर्ने रकम समेत पाएका छैनौं’ उनले भने ‘बुवाको दुबईमा आफ्नै गाडी छ । तर, त्यो गाडी दुबईबाट नै बिक्री गरेर पैसा नेपाल पठाईदिन नेपाली दुताबास संग आग्रह गर्दछु । बुवाले आफ्नो कमाईको महिनाको दूई हजार ९दुबैको० रुपैयाँ त्यहाँकै एक बैँकमा पैसा जम्मा गर्दे आएका थिए । त्यो रुपैयाँ पनि कुन बैँकमा जम्मा भएको छ र त्यो रुपैयाँ दुताबास मार्फत नेपाल पठाईदिन आग्रह गर्दछु ।’
उनले दुबई सरकारबाट आफ्नो बुवाको मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट समेत नआएको बताए । उनले स्थानीय सरकार ब्यास गाउँपालिकाले पनि आफुलाई कुनै प्रकारको सहयोग तथा राहात गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यो राहत नमिलेको बताए । उनले भने, ‘मेरो परिवारको यो समस्यालाई गाउँपालिकाले प्रदेश सरकार र केन्द्रिय सरकार सम्म पुर्याई सहयोग तथा न्याय दिन गराईदिन आग्रह गर्दछु ।’ बिगत चार महिनादेखि सरकारबाट कुनै न्याय तथा सहयोग नपाएका प्रेमले अहिले सरकार नभएको आभास भइरहेको उनी बताउँछन् ।