एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः हिमालयन गौरीशंकर डेन्टलको साथ
2023/06/21, 4:49
 
T

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई धनगढीको सेती प्रादेशिक अस्पताल नजिकै रहेको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले साथ दिएको हो । क्लिनिकले विधा प्रायोजन गरेर साथ दिएको हो । 
हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले बर्ष खेलाडी महिला विधालाई प्रायोजन गरेको छ । अब यो विधाको नाम हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला रहनेछ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको विधा प्रायोजन सम्बन्धी सम्झौता एक कार्यक्रमका बीच भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट उपाध्यक्ष गगन अयडी र हिमालयन गौरीशंकर डेन्टल क्लिनिकको तर्फबाट डाक्टर सुमन कार्कीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ । सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । 
दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् । सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले  असहायलाई पुरै निशुल्क सेवा दिदैं आएका छन् । दत्न उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड रहेको छ । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, बर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ ।