एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः टिभी टुडेमा प्रत्यक्ष प्रसारण हुने
2023/06/22, 12:56
 
dd

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डलाई टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो । टिभी टुडे टेलिभिजन ब्रोडकास्टिङ पार्टनरको रुपमा रहने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डको विधा प्रायोजन सम्बन्धी सम्झौता एक कार्यक्रमका बीच भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको तर्फबाट अध्यक्ष प्रदीप पाठक र टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक पन्तले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड रहेको छ । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, बर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ ।