बाजुराको बुढिगंगामा २ कर्मचारीमाथि हातपात, वडाअध्यक्षको छोरा प्रक्राउ
2023/07/07, 3:01
 
बाजुराको बुढिगंगामा २ कर्मचारीमाथि हातपात, वडाअध्यक्षको छोरा प्रक्राउ

बाजुरा - बाजुराको बुढिगंगा नगरपालिकामा २ जना कर्मचारीमाथि हातपात तथा गालीगलौज गरेको भन्दै वडाअध्यक्षको छोरा प्रक्राउ परेका छन्। बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदमाथि हातपात तथा गालीगलौज गरिएको नगरपालिकाले जनाएको छ।

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै हातपात र गालीगलौज गरिएको बताएको छ। सोही आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढिगंगा नगरपालिमा वडा नम्बर–७ का वडाअध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए।

कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको डिएसपी बोहोराले बताए। बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नाथ र इन्जिनियर साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको र एकपटक दुवै पक्षबिच छलफल गर्ने डिएसपी बोहराले जानकारी दिए।