धनगढी प्रयोगशालामा थप ३९ जनामा कोरोना पुष्टि
2020/07/03, 2:04
 
korona

सुदुरपश्चिममा आज थप ३९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा ९ जना महिला र ३० जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुईजना, चुरे गाउँपालिका कैलालीका दुईजनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ। बीहिबार मात्र सुदूरपश्चिममा अहिले सम्मकै सबैभन्दा बढि चार सय ४६ जनामा कोरोना पुष्टि भएको थियो।