बाउली गाडमा पुल नै छैन, तिपाडामा दुइटा
2023/08/02, 1:16
 
ss

बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड ९नदी० मा भने पुल बन्न सकेको छैन।  बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। 

पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ। कोल्टीदेखि मार्तडीका लागि से २ त ३२२५ नम्बरको ट्याक्टर चलाएर आएका चौधरीलाई बाउली गाडमा आएको बाढीले बगाएर बेपत्ता पारेको छ। उहाँले चलाएको ट्याक्टर २० मिटर तल फेला परेको हो। 

चौधरीको शव भने अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिउँदमा मार्तडीदेखि कोल्टी सडकमा गाडी चल्ने भए पनि बर्खाको समयमा भने पानीको बहाव बढ्दै जाने भएकाले गाडी चलाउन समस्या हुने गरेको चालक लक्ष्मण भण्डारीले बताए।

मार्तडीदेखि कोल्टीसम्म गाडी चलेको धेरै वर्ष भयो। त्यो खोलामा पुल नहुँदा बर्खाको समय जिप मार्तडी नै रोकिने गरेको उनले बताए। बडीमालिका नगरपालिका–९, अनाई बाउली खोलामा पुल नहुँदा पूर्वी उत्तर क्षेत्रमा रहेका हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ।  पुल निर्माण भएका छन्। पक्की पुलसँगै रहेको अर्को बेलिब्रिज पुललाई बाउली खोलामा राख्नुपर्ने स्थानीयको माग छ। 

तिपाडा खोलामा दुई पुल, बाउली खोलामा भने एउटा पनि पुल नहुँदा चालकले अकालमै ज्यान गुमाएको बडीमालिका नगरपालिकाका स्थानीय पदम साउदले बताए। उसो त २०७८ सालमा २५ मिटर लम्बाइ पुल निर्माणका लागि जुगल निर्माण कम्पनीले पाँच करोडमा ठेक्का लिएको छ।  सो कम्पनीले पुलको ठेक्का लिए पनि काम पूरा नगरी असार मसान्तसम्म निर्माण गर्ने अवधि समाप्त भएको छ तर पुल भने अहिलेसम्म निर्माण भएको छैन। बाउलीमा आएको बाढीले पुल निर्माणका लागि गरेको फाउन्डेसन तथा रड बगाएपछि पुल निर्माणमा ढिलाइ भएको जुगल कम्पनीले जनाएको छ। २०८० सालको असार मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएको जुगल कम्पनीको म्याद अवधि असार मसान्तसम्म गइसकेको सडक डिभिजन कार्यालय अछामका प्रमुख विवश बस्नेतले बताए।

सो कम्पनीले बाउलीमा पुल निर्माणका लागि केही काम गरेको भए पनि असारमा सक्नु पर्ने हो तर पुल निर्माणको काम नसकेपछि म्याद थप नगरेको उनले बताए। कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ, उनले भने, “तर त्यो निवेदनमा पुल निर्माणमा ढिलाइ भएको कुरा प्रस्ट छैन।”