पीसीआर मेसिनका लागि काठमाण्डौमा आठ लाख १३ हजार संकलन
2020/07/03, 5:12
 
korona

सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाजले अभियान चलाएका छन्। अभियानमा स्वदेश तथा विदेशबाट रकम संकलन हुनेक्रम जारी छ।  अभियानका लागि काठमाडौंबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भैसकेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।  

फाउण्डेसनका संस्थापक एवं अग्रज पर्यटनकर्मी अमरबहादुर शाहीको संयोजकत्वमा चर्चित खेलाडी दिपक बिष्ट, क्रिकेट प्रशिक्षक जगत टमाटा, पत्रकार प्रशान्त अर्याल र युवा व्यवसायी राजु अवस्थीको नेतृत्वमा काठमाडौंमा सहयोग संकलन गरिएको हो। ‘आफ्नो भूमिका लागि केही गरौं भनेर हामीले यो अभियान चलाएका हौं’, संयोजक शाहीले भने, ‘आवश्यक रकम उठिसकेकाले शुक्रबारबाट हामीले पैसा संकलन बन्द ग¥यौ ।’  

काठमाडौंमा संकलित रकम सुदूरपश्चिम पुग्नु अघि नै डडेल्धुराको क्षेत्रिय अस्पतालमा पिसिआर मेसिन स्थापना गरेर परिक्षणको काम सुरु भैसकेको छ। यसबाट सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना भाइरस परिक्षण गर्न सहयोग पुग्नेछ।