बझाङका तीनवटै हाइड्रो पावर आयोजना ६४ मेगावाट विद्युत प्रणालीमा जोडिए
2023/08/06, 2:05
 
ss

सुदूपश्चिम प्रदेशको बझाङस्थीत कालंगा नदी बेसिनमा निर्माणाधीन ३ जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा जोडिएका छन्। बझाङको बुंगल नगरपालिकामा र केदारस्युँ गाउँपालिकामा संञ्चालित माथिल्लो कालंगा हाइड्रो पावर, कालंगा गाड हाइड्रो पावर र सानीगाड हाइड्रो पावरको आयोजना बिजुली पूर्णरूपमा विद्युत प्रणालीमा जोडिएका हुन्। ३ जलविद्युत आयोजना ६४ मेगावाटभन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो ।

यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर र १५.३३ मेगावाटको कालंगा गाड हाइड्रो पावर प्रणालीमा आवद्ध भइसकेकोमा बिहीबार देखि १०।७० मेगावाटको सानी गाड हाइड्रो पावर पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए। यो सँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँच स्थित नेपाल विद्युत प्राधिकरणको १३२र३३ केभी सबस्टेसनमा आवद्ध भएको छ।

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवर्द्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ। जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ । उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ। प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८।५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका छन्।

माथिल्लो कालंगा गाड सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८।४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर ले २०७९ माघ १३ गतेदेखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा ८ बैंकले लगानी गरेका छन्। त्यस्तै कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५।३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो। ३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ,भने सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०।७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ।