विदेशबाट फर्किएपछि दुना टपरी उत्पादनमा व्यस्त व्यवसायीहरु
2023/08/08, 1:20
 
ss

जंगलको पात बर्सेनि झर्छ । कुहिएर जान्छ । पात सडेर मल बन्नु बाहेक यसको उपयोग केही पनि थिएन् । तर, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा ‘ए’ गाउँकी पूर्णमाया तामाङले त्यसैलाई आफनो आम्दानीको स्रोत बनाइरहेकी छिन् ।

घरका आँगनभरी हरिया सालका पात । तीनै पात गाँस्दै अहिले उनको दैनिकी वितिरहेको छ । विदेशबाट फर्किएको बर्षौपछि के गर्ने भन्ने अन्यौलतामा थिइन उनी । पूर्णमाया दुई वर्षसम्म लेवनानमा रोजगारीमा थिइन । स्वदेश फर्केपछि अहिले उनले आफनै उद्योग सुरु गरेर अन्य व्यक्तिहरुलाई रोजगारी दिइरहेकी छिन् ।

विदेश जानु अघि उनले आफनै ठाउँमा नास्ता पसल सञ्चालन गरि आम्दानी गरिरहेकी थिइन् । धनगढी उपमहानगरपालिकाले विदेशबाट फर्किएकाहरुका लागि सञ्चालन गरेको तालिमबाट उनले रोजगारी सृजना गर्ने अवसर पाइन् । उनी भन्छिन् –‘विदेशबाट जानुअघि नास्ता पसलबाट आम्दानी भइरहेको थियो । विदेशबाट फर्केपछि उपमहानगरपालिकाले आयोजना गरेको तालिमले मैले सिकेको सिपलाई आम्दानीमा परिणत गरेकी छु । बाहिर गएर भारी काम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्छु भन्ने सोचले यसमा लागेकी छुु ।’ उनले सालको पातबाटै आफनो भविष्य खोजिरहेको बताइन् ।

‘यो ९सालको० पात खोज्न घर नजिकै रहेको शिद्धनाथ सामुुदायिक वनमा जान्छु । अहिले वनले निःशुल्क पात उपलब्ध गराएको छ । पछि भने पैसा तिर्नुपर्ने हुन सक्छ’ उनले भनिन् ।  पूर्णमाया जस्तै वैदेशिक रोजगारीबाट फर्केकी यशोदा आचार्य पनि दुना टपरीमै भविष्य खोजिरहेकी छिन् । विदेशबाट ११ वर्ष अघि फर्केकी आचार्यले धनगढीले आयोजना गरेको तालिमपछि आफनै उद्योग शुरु गरेकी हुन । ‘दुना टपरी बनाउने उपकरण नै ल्याएर यो व्यवसाय गर्छु भन्ने सोच थिएन’ उनले भनिन् ‘तर, धनगढी उपमहानगरपालिकाले सहयोग गरेपछि उपकरण किन्ने आट आयो ।’ सामान्य नास्ताको पसल चलाइरहेकी उनलाई दुना टपरी बनाउने उपकरण खरिद गर्न आर्थिक समस्या थियो ।

उनी भन्छिन् ‘वैदेशिक रोजगार शाखाबाट सहयोग पाएपछि अहिले आफनै उद्योग सञ्चालन गरेकी छु । यसमा लाग्नुको मुख्य उद्देश्य भनेको घरमै बसेर स्वरोजगार हुुनुुका साथै सालका दुुना टपरीलाई बजारीकरण गर्नु हो ।’
जन्मिएदेखि मृत्युु सम्ममा सालका दुना टपरी आवश्यक पर्ने भएपनि तर, आज भोलि आधुनिकतासंगै मानिसहरुले यसको कम प्रयोग गर्छन् । दुना टपरीको ठाउँमा अहिले मानिसहरुले प्लास्टिकबाट बनेका सामानहरु प्रयोग गर्छन् । जसका कारण वातावरणमा पनि असर पर्ने गरेको छ । अहिले सालको पातबाट दुना टपरी बनाएपछि त्यसलाई आम मानिसले प्रयोगमा ल्याउने बानीको विकास गर्ने र व्यापार प्रवद्र्धन गर्ने अभियानमा पनि लागेकी छिन उनी । उनी भन्छन् –‘प्लाष्टिकका सामान भन्दा यसको प्रयोग गर्दा राम्रो हुन्छ । यसले वातावरणलाई पनि स्वच्छ राख्न मद्दत पुर्याउँछ ।’

धनगढी १२ जुुगेडाकै छोटेलाल डगौरा चौधरी पनि अहिले दुना टपरी व्यवसायमा छन् । विदेशबाट फर्किएपछि उनले मासुु पसल सञ्चालन गरिरहेका थिए । करिव तिन वर्ष मलेसिया र दुई वर्ष ओमन बसेर फर्किएका थिए चौधरी । ‘आफ्नै घरको आगाडि फुुर्सत भएको बेला काम गर्न सकिन्छ र सहज पनि भएको हुँदा यो व्यवसाय नै रोजे,’ उनले भने ‘आफूले यो सिकेर अरु युवाहरुलाई पनि यसमा जोड्न यो व्यवसायमा थालेको हौ ।,’ आफूले बनाउने सालको पात प्रयोगपछि पनि कुहिएर मलको रुपमा प्रयोग गर्न सकिने हुुँदा यसको प्रयोग गर्न उनी सबैलाई अनुरोध पनि गर्छन् ।

उनले प्लास्टिकको सामाग्रीबाट बनेका प्लेट, कचौरा भन्दा सालका पातबाट बनेका सामान प्रयोग गर्दा फाइदा जनक हुने बताए । ‘अहिले नै एउटा टपरीको कति रुपैँया लिने भनेर छुुट्याइएको छैन्,’ उनले भने ‘मेसिनबाट काम सुुरु भएपछि बजार भाउ तोक्छौ ।,’

धनगढी १२ का दिनेश बस्नेतले पनि विदेशबाट फर्किएपछि अव नेपालमै केही गर्छुु भन्ने सोच बनाएपछि यस व्यवसायमा लागेको उनले बताए । उनी यस अघि तीन वर्ष दुुवईमा काम गरेर फर्किका हुन् । उनले अव आफ्नै क्षेत्र केही गर्नुपर्छ भनेर दुुना टपरी व्यवसाय छानेको बताए । भदौ १ गतेबाट ‘ए’ गाँउ दुुना टपरी लघुु उद्यम औपचारीक रुपमा उद््घाटन गरेर दुुनाटपरी मेसिनसहित सञ्चालन आएपछि तालिम लिएर व्यवसायी गरिरहेकाहरु खुुशी छन् ।  यो मेसिन सुुरु भएपछि एकै पटकमा धेरै दुुना टपरी बनाउन सकिन्छ ।

रोजगार शाखाबाट ४० हजार एक जनालाई प्रदान गरिएको थियो । ४ जनाले पाएको ४० हजारमा त्यसमै एक जनाले १० हजार थपेर २ लाख बनाएर मेसिन ल्याइएको छ । एकै जनाले मेसिन किन्न नसकिने भएपछि अहिले चार जनाले मिलेर मेसिन खरिद गरेका हुन् । उनीहरुले आफूले मात्रै नभएर अरुलाई पनि यो सिप सिकाउने र आत्मनिर्भर बनाउने सोच बनाएका छन् । 

वैदेशिक रोजगार बोर्डले धनगढी उपमहानगरपालिकामा वैदेशिक रोजगारबाट फर्केकाहरुका लागि पुुन एकिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्र्तगत वैदेशिक रोजगार बोर्डले उपमहानगरपालिकासंग सम्झौता गरी रोजगार सेवा केन्द्रमार्फत पुुन एकिकरण कार्यक्रम सञ्चालन गरिएको हो । यहाँ कार्यक्रम कार्यान्वय समिति गठन पनि गरिएको छ । जसको कार्यक्रम संयोजक उप प्रमुख कन्दकला राना रहेकी छन् । 
धनगढी उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक महेश मल्लले गत वर्षदेखि उपमहानगरपालिकाले विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहनेका लागि अनुदान रकम प्रदान गरेको बताए । गत वर्ष फागुनमा करिव एक सय तीन जनाले फाराम भरेको भएपनि ४० जनाले मात्र तालिम पाएका हुन् । सबै जनाले उनीहरुले चाहे अनुसारको सिपमा सहयोग पुुगोस भनेर ४० हजार रुपैँया रोजगार शाखा र १० हजार उनीहरु आफैँले लगाएर व्यवसाय सुुरु गरेको उनको भनाई छ ।

‘बैदेशिक रोजगारबाट फर्किएकाहरु जो यहि बसेर केही गर्न चाहन्छन् उनीहरुका लागि सुरुमा फाराम दर्ता सुुरु ग¥यौ,’ उनले भने ‘त्यसै अनुरुप छनौट गरेर ४० जना छानिएका हुन् ।’ तालिम लिएका ४० जनाले मध्ये ३८ जनाले अनुदान पाएका हुन् । उनीहरुले विभिन्न व्यवसाय सुुरु गरेको छन् । आगामी दिनमा व्यवसायी गरिरहेकाहरुलाई थप बजेट सहयोग गरिने मल्लले बताए । प्लाष्टिक मुक्त धनगढी बनाउने उभियान अन्र्तगत पनि दुना टपरीलाई प्रोत्साहन गरिएको उपमहानगरले जनाएको छ ।