धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने
2023/08/14, 5:32
 
धनगढीमा शारीरिक सुगठन प्रतियोगिता हुने

धनगढी - सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन (बडी बिल्डिङ च्याम्पेयन) प्रतियोगिता हुने भएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा यहि असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरु उत्पादन गर्दै यो क्षेत्रको देशभरी पहिचान गराउन र लागुऔषध दुव्र्यशनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगदसहित अन्य जिन्सी प्रदान गरि पुरस्कृत गरिने छ। प्रतियोगितामा सहभागी हुने प्रतियोगिले एक हजार दर्ता शूल्क बुझाउनु पर्ने क्लबका अध्यक्ष मोहन तामाङले बताए। ‘सहभागिताका लागि यहि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म फाराम भर्नका लागि खुल्ला रहने छ’ उनले भने –‘यो खेल खुल्ला पुरुष शाररिक र शारीरिक सुगठन खुल्ला गरि दुई बिद्यामा खेलाईने छ।

खेलमा कुनै पनि उमेर समुहका व्यक्तिहरुले भाग लिने सक्नेछन्। प्रदेशस्तरिय प्रतियोगिता भएकाले सुदूरपश्चिमका सम्पूर्ण व्यक्तिहरुले भाग लिन पाउने छन् ।’उनका अनुसार खेलको पहिलो दिन व्यक्तिहरुको तौल र उचाई मापन गरिने छ भने दोस्रो दिन सहभागिहरुको पूर्व निर्णय तथा अन्तिम निर्णय लिइने छ। उनले भने –‘यो खेलको बारेमा धेरै जना अनबिज्ञ रहेकोले यस खेलको बारेमा सबैलाई जानकारी दिन चाहन्छौं । प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छु।’