सुदूरपश्चिमका क्वारेन्टिन खाली हुदैं, विभिन्न स्थानहरुमा सावधानी अपनाईदैं 
2020/07/04, 8:40
 
korona

पछिल्लो समय भारतबाट आउने व्यक्तीको संख्या घट्दै गएपछि बनाईएका क्वारेन्टिन पनि खाली हुँदै गएका छन् । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पछिल्लो पटक असार १९ गते गरेको अपडेट अनुसार ६९ हजार ७ सय ४२ बेड क्षमताको क्वारेन्टिन निर्माण गरिएकामा त्यहाँ ९ हजार ३ सय २ जना मात्र बसिरहेका छन् । लकडाउन सुरु भएयता सुदुरपश्चिममा भारतबाट झण्डै दुई लाख र अन्य मुलुकबाट एक हजारभन्दा जना आएका थिए । प्रदेशका विभिन्न एक हजार ७ सय ६९ स्थानहरुमा क्वारेन्टिन बनाईएको छ । 

सुदुरपश्चिममा सावधानी
संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशका विभिन्न जिल्लाहरुका पालिकाहरुमा कडाइ गर्न थालिएको छ । कैलाली डडेल्धुरा वैतडी जिल्लाका विभिन्न पालिकाहरुले फलफूल, तरकारी, दूध, ग्यास, औषधी पसल जस्ता अत्यावश्यक सेवा बाहेकका पसल खुला गर्न निर्देशन गरेको छ ।

कोरोना संक्रमितहरु वढ्दै गएपछि पािलकाहरुले अतिआवश्यकीय सेवाहरु वाहेकलाई बन्द गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले समेत कैलाली सहित संक्रमण बढी देखिएका जिल्लामा लकडाउन कडा पार्ने निर्णय गरेको थियो ।