सहज छैन सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन
2023/09/27, 6:32
 
ss

अछामको रामारोशन पर्यटन क्षेत्रमा पर्यटन सम्मेलन गर्ने भन्दै ठूलो संख्यामा विदेशबाट आएका पर्यटकहरूलाई जिल्ला प्रशासन कार्यालय अछामले डोटी र अछामको सीमाना चौखुट्टेमा सात दिन रोक्यो । पर्यटन क्षेत्रमा सम्मेलनको आयोजनाबारे आफूहरूलाई कुनै जानकारी नभएको र पर्यटनसँग सम्बन्धित कुनै पनि निकायको अनुमति नभएको भन्दै प्रशासनले रोक्दा पर्यटकहरु सात दिनसम्म सडकमार्गमै बस्नुपरेको थियो ।

प्रदेशमा विदेशी पर्यटक भित्र्याउने तथा खप्तडमा रहेका जडिबुटी सम्बन्धी अध्ययन गर्न भन्दै सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा खप्तड सम्मेलन भयो । सम्मेलनमा सहभागि हुन पुगेका पर्यटकहरुको एउटै भोगाई थियो –‘सहज मार्ग र आधारभुत सुविधा भएन् ।’ खप्तड पर्यटकीय दृष्टिकोणले सुन्दर भएपनि त्यहाँसम्म पुग्नका लागि यात्रा गर्ने क्रममा खानेपानी, टेलिफोन, खाजाको व्यवस्थापन गर्न असहज भएको उनीहरुको भनाई थियो । उनीहरु भन्दै थिए –‘ठाउँ–ठाउँमा होटलको सुविधा र सडक मार्ग बनेको भए पर्यटकहरु धेरै आउने थिए ।’

माथिको प्रतिनिधि घटनामात्र हुन । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहे पनि आवश्यक पू्र्वाधार र सुरक्षा निकायको कमजोरीका कारण यहाँ आउने पर्यटकहरु दोस्रो पटक आउन सक्ने वातावरण बन्न सकेको छैन् ।सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका सात गरि नौ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्वीक, साहसिक ९हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाईडिङ० ग्रामीण लगायतका पर्यटकीय गन्तव्य रहे पनि आवश्यक पूर्वाधारको अभावका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर हुनुका साथै पर्यटन विकासमा आशातित प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरूको अनुभव छ ।

सुदूरपश्चिममा अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भू–भाग समेटिएको प्रशिद्ध खप्तड रहेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल, तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोवारीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन् ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन् । यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन् ।

प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुननसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंह बताउँछन् ।

पर्यटन व्यवसायी किशोर खड्काले पर्यटन गन्तव्यमा पूर्वाधार नहुँदा समस्या हुने प्रतिक्रिया दिए । उनले भने– ‘पर्यटन गन्तव्यमा तत्काल पर्यटकलाई खानेबस्ने, यातायात लगायतका सुविधा कसरी पु¥याउने भन्ने चुनौति रहेको छ ।’ अपि नाम्पा बेस क्याम्पबाट भ्रमण वर्ष शुरु
सुदूरपश्चिम प्रदेशको अपि नाम्पा बेस क्याम्पबाट प्रदेश सरकारले पर्यटन भ्रमण वर्ष शुरु हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले पर्यटन भ्रमण वर्ष शुरु भएको घोषणा गर्ने भएका हुन् ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमको सहकार्य, नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन ९नाटा० को समन्वय तथा अपि हिमाल गाउँपालिकाको आयोजनामा विश्व पर्यटन दिवस २०८० को अवसरमा भिजिट अपि हिमाल सञ्चालन गरिने भएको छ ।अपि हिमालको उचाई सात हजार एक सय ३२ मिटर उचाई रहेको छ । त्यहाँ हिमाल चढ्नका लागिमात्र नभई त्यहाँ हिउँ, लोपोन्मुख जंगली जनावर, लोपोन्मुख जातजातीको संस्कार तथा संस्कृति, प्राकृतिक ताल, चमेलिया नदीको प्रमुख मुल, मठ मन्दिर लगायत त्यहाँको सौन्दर्य हेर्न पनि पर्यटकहरु एक पटक पुग्नै पर्ने हुन्छ ।