एसपीएको सानदार सुरुवात
2023/09/27, 6:51
 
ss

महेन्द्रनगरमा बुधबारबाट सुरु भएको इन्टरनेशनल पब्लिक स्कुल लिग क्रिकेट प्रतियोगितामा एसपीए कलेजले विजयी सुरुवा गरेको छ । एसपीएले आफ्नो उद्घाटन खेलमा पूर्ण मावि महेन्द्रनगरमाथि ११० रनको सानदार जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले दिएको १५० रनको लक्ष्य पछ्याएको पूर्ण मावि १२ ओभर २ बलमा ४० रन बनाउँदै अलआउट भएको थियो ।त्यसअघि एसपीयका किरण कार्कीले २९, सौर्य श्रेष्ठले २७ र गौरव मल्लले २३ बनाए । एसपीएका म्यान अफ खगेन्द्र कुँवरले ५ विकेट लिए ।

उनले ३ ओभरमा ७ रनमात्रै खर्चिए । यस्तै ज्ञानेन्द्र खत्रीले २ विकेट लिए ।१६ टोली सहभागि प्रतियोगितामाको विजेताले १ लाख रुपैयाँ पाउनेछ । एसपीएले अर्को खेल असोज १२ गते आयोजक इन्टरनेशनल पब्लिक स्कुलको बी टिमसँग खेल्नेछ ।