इजरायल आक्रमणमा मारिएका र घाइते सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी
2023/10/09, 12:17
 
ss

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मारिएका र घाइते रहेका सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी रहेको खुलेको छ । सुदूरपश्चिम विश्वविद्यायको कृषि विज्ञान संकाय टीकापुरका विभागीय प्रमुख सुशिल न्यौपानेले आक्रमणमा परी ज्यान गुमाएका र घाइते भएका विद्यार्थी विश्वविद्यालयबाट इजरायल गएकाहरु भएको पुष्टि गरे ।

गत भदौ २५ र २६ गते इजरायल गएका ४९ जना विद्यार्थी मध्ये १७ जना हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकको दक्षिणी इजरायलको किबुज अलुमिम क्षेत्रमा एउटा कृषि फार्ममा कार्यरत थिए । विभागीय प्रमुख न्यौपानेकाअनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ जना घाइते छन् । दुई जना विद्यार्थी सकुशल रहेको र उनीहरु सुरक्षित स्थानमा बसिसकेका छन् ।

आक्रमणमा परेर कैलाली, दार्चुला र डोटीका २/ २ जना, बझाङ, धनुषा, सुनसरी र सल्यानका १/१ जनाको मृत्यु भएको पुष्टि भइसकेको इजरायलस्थित नेपाली राजदुतावाले पुष्टि गरिसकेको छ ।