कैलालीका केराखेती किसानको पानामा रोगले ६ बिघाको केरा नष्ट, ७० लाख क्षति
2023/11/06, 12:17
 
aa

कैलालीको टीकापुरमा पानामा टीआर फोर रोगले ६ बिघामा लगाएको केरा खेती नष्ट भएको छ। गत साउनमा कैलालीको टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको जाँचका लागि नमुना संकलन गरी परीक्षण गर्दा उक्त रोग भेटिएको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले जनाएको छ।

६ बिघामा लगाएको केरा खेती नष्ट हुँदा ७० लाख बराबरको क्षती भएको हो। केराबालीमा पानामा रोगको नयाँ प्रजाति टीआर फोर रोग हो । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का अनुसार कैलालीको टीकापुरमा लगाइएको व्यावसायिक केरा खेतीमा चार देखि ५० प्रतिशतसम्म टीआर फोरको प्रकोप देखिएको छ। टीकापुर क्षेत्रमा १४ बिघा जमिनमा केरा खेती गर्दै आएका देवीराम कोइरालाको ५० प्रतिशत प्रकोप देखिएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित करिब ६ बिघा प्लटमा रोपिएको केराको पात पहेँलो भएर सुक्दै गएको बताए। नार्कको विज्ञहरुले जाँच गर्दा पानामा रोगको संक्रमण भएको थाहा पाइएको उनले बताए । कैलाली जिल्लाभरमा १५ सय हेक्टर क्षेत्रफलमा हुने केरा खेतीमध्ये ७ सय हेक्टर टीकापुर एरियामा मात्रै गरिन्छ। कोइरालाले जी नाइन प्रजातिको केरा लगाएकोमा पानामा रोगबाट बिरुवा, पानी र माटोबाट सजिलै सर्ने र केरा ढुवानी गर्दा सवारी साधनबाट रोग सरेको उनले भने।


६ बिघाको केराबालीबाट करिब ७० लाख आम्दानी हुने अपेक्षा लिएको उनको केराबालीनै नष्ट भएपछि आफ्नो लगानी र मेहनतमा क्षती बेहोरेको बताए। केरा बालीमा पानामा रोग देखिएको सुरुका दिनमा धेरैको चासो भए पनि पछिल्लो समय स्थानीय निकायले समेत चासो नदिएको उनले गुनासो गरे। उनले कृषि ज्ञान केन्द्रबाट केराको रोग परीक्षण गरिएपछि सम्बन्धीत निकायले चाँसो नदिएको उनले बताए। कैलालीको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शर्माले कैलालीबाट निकासी हुने केराबाट अन्य स्थानमा सर्न नदिनका लागि जिल्लाको मुख्य नाकामा निगरानी गर्न छलफल भइरहेको बताए।

टीकापुरकामा सो रोगको लक्षण देखिएपछि नार्कले गत साउन १० गते नौ जना किसानको खेतमा करिब ८ हजार केराको बोटलाई अवलोकन गरेको थियो।४ वटा बगैँचामा यो रोगको लक्षण ४ देखि ५० प्रतिशतसम्म बिरुवामा लागेको पाइएको थियो । खासगरी भारतबाट आयातित जी नाइनका बिरुवामा रोगको प्रकोप बढी देखिएको थियो। तर हालसम्म के–कति क्षेत्रफलमा फैलियो भन्ने पुनः अनुगमन र अवलोकन हुन सकेको छैन ।‘बर्दिया, कञ्चनपुर र पहाडी जिल्लासँग जोडिएको कैलालीको मुख्य नाकाबाट केरा ढुवानी गर्दा निर्र्मलीकरण गर्ने विषादीको प्रयोग गरिएको कैलालीको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए।

स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरी कैलालीसँग जोडिएका नाकामा आउँदो साताबाट केरा र ढुवानी हुने साधन निर्मलीकरण गरिने बताए। केरा बालीमा पानामा रोग फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्ने गर्दछ । यो ढुसीको ४ वटा प्रजाति हुन्छन्। तीमध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछन्। नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा यसले नोक्सानी पु¥याउँदै आएको छ । यी रेसहरु १, २ र ३ बाहेक रेस ४ लाई ट्रोपिकल रेस ४ ९टीआर फोर० भनेर चिनिन्छ । जुन केराको लागि सबैभन्दा खतरनाक मानिन्छ ।यसको पुष्टि पीसीआरको साथै जिन सिक्वेस्सिङ विधिद्वारा गरिएको हो । टीआर ४ नेपालमा पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा भेटिएको नार्कले बताएको छ ।