सीमा स्तम्भदेखि नै भारतीय पक्षद्वारा सडक कालोपत्रे, कञ्चनपुरमा स्थानीयद्धारा विरोध
2023/11/08, 4:06
 
ss

कञ्चनपुरस्थित सीमा क्षेत्रमा पिल्लरदेखि नै भारतीय पक्षले सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध गरेको छ। भारतीय पक्षले गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका(११ गड्डाचौकीस्थित सीमाक्षेत्रको ८०५र१९७०नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको हो।

सीमावर्ती नेपाली भूभागमा नेपालबाट सडक निर्माण, कल्र्भटसहितका संरचना निर्माण गर्दा अनेकन बाधा अड्चन गर्ने भारतीय पक्षले दशगजा नै मिचेर सीमापिलरसम्मै कालोपत्रे गरेको स्थानीयले बताएका छन्। सीमा क्षेत्रमा पिल्लरदेखि नै भारतीय पक्षले सडक कालोपत्रे गरेपछि स्थानीयले विरोध गरेका हुन्। गत असारमा सोही क्षेत्रमा सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त वडानम्बर ११ ले ग्राभेल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध गरेको थियो।

सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमापिलर क्षेत्रमै पुगेर गरेको सडक कालोपत्रे कार्य निन्दनीय भएको स्थानीय जनप्रतिनीधी बताउँछन् । भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर गरेको सडक कालोपत्रे कार्य निन्दनीय भएको बताए।

भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिलो गरी कालोपत्रे गरिरहेको र स्थानीय प्रशासनलाई कुनै मतलब नभएको स्थानीय युवा दिपेन्द्र सिंह ऐरीले बताए। भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको उनको भनाई छ । भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भएको भन्दै राष्ट्रियताका विषयमा सबै दल र नागरिक एकजुट हुनुपर्ने स्थानियको जोड छ। नेपाल सरकार वा स्थानीय प्रशासनसँग अनुमती नलिई भारतले दशगजा क्षेत्रमा कालोपत्रे गरेकोमा भीमदत्त– ११ भुजेलाका अर्का स्थानीय तेज रावलले आपत्ति जनाए। यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भारतीय पक्षले पुरानै सडक मर्मत गरेको भनी सशस्त्र प्रहरीमार्फत जानकारी आएको बताए । उनले पहिलाकै सडक मर्मत गरेको हो वा नयाँ बनाएको हो भन्ने विषयमा थप बुझ्ने बताएका छन्।