सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५९४ पुग्यो 
2020/07/04, 4:48
 
korona

सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ ४९ र धनगढी प्रयोगशालामा १० गरी थप ५९ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीनरतीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।  

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ। महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९४ पुगेको छ । संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन् ।